बंगालमा झऱ्यो तापमानको पारा, वर्षा हुने सम्भावना

IMG-20230410-WA0169-11-300x172-1

कोलकाताः बंगालमा फेरि वर्षा हुने सम्भावना देखिएको छ। मौसम विभाग अनुसार आइतवार कोलकातामा न्यूनतम तापमान १८ डिग्री सेल्सियस दर्ता गरिएको छ जुन शनिवारको तुलनामा कम हो। सोमवार कोलकाता सहित दक्षिण बंगालमा तापमानको पारा अझ तल झर्ने सम्भावना छ।

आइतवार उत्तर बंगालका जिल्लाहरूमा सामान्य वर्षा भयो। आगामी मङ्गलवारदेखि पूर्व मेदिनीपुर, उत्तर औ दक्षिण २४ परगनामा सामान्यदेखि मध्यम वर्षा हुनसक्छ। यस अतिरिक्त कोलकाता, हावड़ा, हुगली, पूर्वी मेदिनीपुर, नदियामा पनि सामान्य वर्षा हुने सम्भावना छ। यद्यपि पश्चिमी जिल्लाहरूमा भने वर्षा हुने सम्भावना न्यून छ। आगामी शुक्रवारदेखि मौसम फेरि परिवर्तन हुनसक्छ।

-हिस

About Author

Advertisement