माध्यमिकको प्रश्नपत्र भाइरल, ११ निलम्बन, ७ परीक्षार्थी पक्राउ, ७ मोबाइल बरामद

madhyamik-exam-e1622987356809

कोलकाता: माध्यमिक परीक्षाको दोस्रो दिन सामाजिक सञ्जालमा प्रश्नपत्र भाइरल भयो। अंग्रेजी परीक्षाको दिन कुल ११ जना परीक्षार्थीको पूर्ण परीक्षा रद्द भएको बताइएको छ। यस मामिलामा माणिकचक पुलिस थानाले ७ माध्यमिक परीक्षार्थीलाई पक्राउ गरेको छ। यससँगै ७ थान मोबाइल पनि बरामद भएको छ। यसबारेमा माध्यमिक शिक्षा बोर्डका अध्यक्ष रामानुज गांगुलीले शनिवार पत्रकार सम्मेलन बोलाए। उनले परीक्षा शुरू भएको ४५ मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमा भाइरल भएपछि बोर्ड निकै आक्रोशित भएको बताए। बोर्डले ११ जनाको परीक्षा रद्द गरेको छ। यी सबै उम्मेदवार मालदाका बासिन्दा हुन्। यस सम्बन्धमा बोर्ड अध्यक्ष रामानुज गांगुलीले यसका पछाडि केही गिरोहको संलग्नता रहेको आरोप लगाए जसले जानीजानी बोर्डलाई बदनाम गर्न र परीक्षामा अवरोध पुर्‍याउन खोजेको बताए। ती उम्मेद्वारहरू क्युआर कोड मार्फत पहिचान गरिएको थियो। यी ११ विद्यार्थी बाहेक अन्य धेरै परीक्षार्थीको परीक्षा रद्द गरिएको उनले बताए। जसमा गायेश्वरी परिभुवन शिक्षा निकेतन र भगवानपुर केबीएस हाई स्कूलका ४, जलपाइगढी अम्बुरी राममोहन हाईस्कुलका १, बर्दवानको कटवा काशीरामदास स्कूलका १, बोल्ला राजकिशोर हाईस्कूलका १ र मालदाको पञ्चकारीतला हाई स्कूलका १ जना विद्यार्थी रहेका छन्।

About Author

Advertisement