मिनी गोल्डकप जीटी बोईज दार्जिलिङ च्यम्पियन

IMG-20240204-WA0208.jpg

मङ्पु: मङ्पु रङ्बी खेलकूद संघको आयोजनामा आज स्थानीय विभागीय जनमैदानमा मिनी गोल्डकप फुटबल प्रतियोगिताको फाईनल खेल ग्याङम्यान ईन्द्रबहादुर मोहोराको अध्यक्षता सम्पन्न भयो। समारोहका प्रमुख अतिथि जीटीए मङ्पु लाब्दा समष्टि सभासद रतन थापाले बल किक् गरेर शुरु गरिएको फाईनल खेल जीटी बोईज दार्जिलिङ बनाम पहाडी युवा संघ रोङचोङमाझ भीडान्त भयो। आजको खेलको पहिलो हाफको शुरुमा जीटी बोईज दार्जिलिङले लगातार तीन गोल गरे भने दोस्रो हाफमा पीवाईएस रोङचोङले १ गोल गरे।जसको फलस्वरुप १ को विरुद्द तीन गोल गरेर जीटी बोईज दार्जिलिङ च्यम्पियन बन्न सफल भएको छ। आजको खेलको प्रमुख निर्णायक विशाल थापा अनि सह निर्णायकद्वय सन्तोष विश्व अनि साईमन्ड लेप्चा रहेका थिए। आजको फाईनल खेलको म्यान अफ् द म्याच पीवाईएस रोङचोङका गोल किप्पर दिपेश थापालाई चयन गरियो।
मिनी गोल्डकप फुटबल फाईनलको बिजय दललाई २ लाख अनि ट्र्फी अनि पराजय दललाई एक लाख अनि ट्र्फी समारोहका प्रमुख अतिथि रतन थापा अनि विशिष्ट अतिथि रबिन्द्र श्रमिक केन्द्र अधिकारी सदुमा छेत्री अनि जीटीए दार्जिलिङ जिल्ला पीआरओ बिज्ञान मिश्र अनि युवा अध्यक्ष दिब्य बम्जन लगायत अन्य अतिथिगणको बाहुलीबाट पारितोषिक वितरण गरियो। टुर्नामेन्टभरिको बेष्ट टिम बण्टी ११लाई छनौट गरियो।

आजको खेलमा अन्डर १५ नानीहरुमाझ प्रदर्शनी खेल पनि सम्पन्न भयो। ती बिजय अनि पराजय दललाई पनि अतिथिगण हर्क पाख्रीन, सुदेश थापा, अनिल छेत्री, अमुल डुक्पा, जीवन गुरुङ अनि अन्यको बाहुलीबाट पारितोषिक वितरण गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *