सोनादा: रंगबुल-धोत्रे-रङ्मूक समष्टिमा विभिन्न विकास योजनाहरूको शिलान्यास गर्दै जीटीएको प्रमुख कार्यपाल अनित थापाले सोसियल वर्क अनि राजनीति गर्नु फरक फरक कुरा हो। समाज सेवा गर्नेले चुनाव लड्दैन। समाज सेवा गरेर राजनीति गरिँदैन भनी बताएका छन्। उनले विकास त हामीले सरकार पक्षबाट गरिरहेका छौं भन्दै विकासको मांगको कुनै अन्त्य हुँदैन तर गाँउवासीले जे पायो त्यही मांग राख्नु हुँदैन। गाउँले कुन विकासको काम अति महत्वपूर्ण छ त्यसलाई प्राथमिकता दिएर प्रस्ताव राख्नु पर्छ भनी बताएका छन्।।










