ममतालाई सीएए लागू गर्नदेखि रोक्ने कुनै अधिकार छैनः शान्तनु

IMG-20230410-WA0169-11-300x172-1

कोलकाताः पश्चिम बंगालमा संशोधित नागरिकता अधिनियमलाई लिएर मौखिक द्वन्द्व शुरू भएको छ। गए शनिवार साँझ मुख्यमन्त्रीले पुनः दोहोऱ्याइन्, उनी बाचुञ्जेलसम्म नागरिकता अधिनियम कहिल्यै लागू हुनेछैन। त्यसपछि भारतीय जनता पार्टी (भाजपा)-का लोकसभा सदस्य औ केन्द्रिय बन्दरगाह, जहाजरानी अनि जलमार्ग राज्यमन्त्री शान्तनु ठाकुरले मोर्चा सम्हालेका छन्। उनले दाबी गरे, तृणमूल कंग्रेस वा मुख्यमन्त्री ममता ब्यनर्जीलाई नागरिकता संशोधन अधिनियम (सीएए) लागू गर्नदेखि रोक्ने कुनै अधिकार छैन। ठाकुरले दोहोऱ्याए, सीएएलाई चाँड़ै लागू गरिनेछ।

केन्द्रीयमन्त्री अनुसार ज-जसले आन्दोलन र प्रदर्शनको माध्यमबाट सीएएको विरोध गरिरहेका छन्, उनीहरूले केवल राजनीतिक कारणहरूले गर्दा यसो गरिरहेका छन्। उनले भने, “पश्चिम बंगालकी मुख्यमन्त्रीसित सीएएलाई कार्यान्वयन गर्ने सम्बन्धि कुनै अधिकार छैन। राज्य सरकार पनि देशकै अंग हो। बाह्य मामिलाका मुद्दाहरूमा राज्य सरकारको आपत्तिको वास्तवमा कुनै अर्थ छैन।” भाजपा सांसदले अझ भने, किनभने सीएए एक लोकप्रिय माग हो र भाजपाले पहिला नै यसलाई लागू गर्ने वाचा गरिसकेको छ। यसैले यसलाई कुनै पनि मूल्यमा पूरा गरिनेछ।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *