संयुक्त इसाई एकता मञ्चद्वारा इसाईहरूको विभिन्न मांग लिएर अल्पसंख्यकको चेयरम्यान फिरहाद हाकिमसित भेट

IMG-20240204-WA0154.jpg

खरसाङ: संयुक्त इसाई एकता मञ्चका अध्यक्ष किरण राईको अगुवाईमा पहाड़ र तराई डुवर्सका इसाई प्रतिनिधिहरुले पश्चिम बंगाल अल्पसंख्यक विभागका चेयरम्यान फिरहाद हाकिमसित बाघडोगरा हवाई अड्डामा भेटघाट गरेका छन्। चेयरम्यान फिरहाद हाकिम आजदेखि उत्तर बंगालको भ्रमणमा आएका छन्। उनको यस भ्रमणावधि नै सम्पूर्ण पहाड़ र तराईके इसाईहरूको कल्याणको लागि संयुक्त इसाई एकता मञ्चका प्रतिनिधिहरूले पनि भेटघाट गरेको जानकारी प्राप्त भएको छ। यस अवसरमा अल्पसंख्यक विभागको महासचिव नासिर अहमतको अगुवाईमा सबै ईसाई परिवारले भोग्नु परेको दुःखबारे सरकारसम्म पुराउनुको निम्ति फिरहाद हाकिमसित भेटघाट गरिएको जानकारी प्राप्त भएको छ। उक्त भेटघाट अवधि संयुक्त इसाई एकता मञ्चद्वारा फिरहाद हाकिमलाई बाघडोगरा हवाई अड्डामा स्वागत जनाइएको छ।

उक्त स्वागत र भेटघाटपछि पत्रकारहरूसित कुराकानी गर्दै संयुक्त इसाई एकता मञ्चको सभापति किरण राईले विस्तृत रूपमा बताएका छन्।

About Author

Advertisement