राष्ट्रिय राजमार्ग सडक दुर्घटनामा दुईजना घाइते

राजगञ्ज: आज बिहान सडक दुर्घटना हुँदा दुइ जना गम्भीर रूपमा घाइते भएका छन्। घटना जलपाईगढी ३१ नम्बर राष्ट्रिय राजमार्गमा भएको हो।
प्राप्त जानकारी अनुसार आज बिहान सिलगढी-जलपाईगढी ३१नम्बर राष्ट्रिय राजमार्ग संलग्न जलपाईगढी रानीनगर चैउरापाडा इलाकामा रोकेर राखेको एउटा ट्रकलाई पछिल्तिरबाट वाहनले धक्का दिँदा घटनास्थलमा उक्त वाहनको चालक लगायत खलासी गम्भीर रूपमा घाइते भएको बताइएको छ। घटनाको खबर पाएर बीएसएफ का जवानहरू घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरेर जलपाईगढी सुपर स्पेसलिटी अस्पतालमा पठाएको छ। यसपछि पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement