बाघडुग्रा: तस्करी गर्न अगावै बाघडुग्रा वन विभागले अधिक मात्रामा बर्मा टिक काठ उद्धार गरेको छ। गोप्य सूचनाको आधारमा बाघडुग्रा वन विभागका कर्मचारीहरूले फाँसीदेवा क्यानल रोडस्थित चेकपोस्टमा असम नम्बर भएको एउटा ट्रकलाई रोकेर छानबीन गर्दा लाखौँ रुपियाँ मूल्यको बर्मा टिक काठ उद्धार भएको बताइएको छ। घटनामा ट्रक चालक वसिम खानलाई हिरासतमा लिएको छ। तिनी हरियाणा निवासी हुन्। बाघडुग्रा वन विभागका रेन्जर सोनम भुटियाले बताएअनुसार उद्धार गरेको बर्मा टिक काठको मूल्य लगभग ६० लाख रुपियाँ रहेको छ। काठ बोकेको उक्त ट्रक कोलकातातर्फ गइरहेको थियो। चालकसित उक्त काठको कुनै वैध कागजपत्र थिएन। वन विभागले घटनाको जाँच गरिरहेको छ।
About Author
Post Views: 43