गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले आज राज्यका विभिन्न स्थानमा सामाजिक भ्रमण गरेका छन्। यस समाजिक भ्रमणको क्रममा उनले दक्षिण सिक्किमस्थित पुरानो नाम्ची निवासी स्व. बीएस लिम्बू, पूर्व सिक्किमको साजोङ रुम्तेकका स्व. सरस्वती छेत्री, स्व. बाल कुमार बानिया, राउते रुम्तेक निवासी स्व. पशुपति शिवकोटि साथै तादोङ निवासी स्व. रोषना थापा र स्व. पवित्र राईका शोक सन्तप्त परिवारहरूसित भेट गरेको पार्टीले प्रेस विज्ञप्ति जारी गरेर बताएको छ।
पवन चामलिङको यस सामाजिक भ्रमणमा एसडीएफ पार्टीका नेता अनि कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो।










