मर्सीडीज छोडेर फरारीमा जाने तर्खरमा हेमिल्टन

IMG-20240203-WA0193.jpg

लण्डन, ३ फरवरीः ब्रिटेनका दिगज फर्मूला वन् रेसर लुईस हेमिल्टनले यस सीजनको अन्तमा आफ्नो वर्तमान मर्सीडीज टीम छोडेर फरारी टीममा सामेल हुने फसेला गरेर सबैलाई चकित पारेका छन्। हेमिल्टनले अगस्तको अन्तमा मर्सीडीजसँग अनुबन्धलाई दुई सालको निम्ति बढ़ाएका थिए तर नयाँ अनुबन्धमा उनलाई रिलीज गरिने प्रावधान थियो। अब २०२५-मा उनी फरारी टीममा सामेल हुनेछन्। हेमिल्टनद्वारा जारी बयानमा भनिएको छ, यस टीम (मर्सीडीज) -सँग ११ साल असाधारण रह्यो। मलाई यसमाथि गर्व छ। म जब १३ सालको थिएँ, त्यही समयदेखि मर्सीडीज मेरो जीवनको हिस्सा रहेको छ। म यसै टीममा हुर्किएँ। यसैकारण यस टीमलाई छोडूने फसेला लिनु कठिन थियो तर मेरो निम्ति यस्तो गर्नु जरूरी थियो। म नयाँ चुनौतीहरूलाई लिएर रोमाञ्चित छु। उल्लेखनीय छ, हेमिल्टनले सातमा ६ वटा फर्मूला वन् विश्व खिताब मर्सीडीज टीमसँग जितेका छन्। हेमिल्टन अहिले नयाँ सीजनमा असल प्रदर्शन गर्ने तयारीमा जुटेका छन्।

About Author

Advertisement