मिस नेपाल नर्थ अमेरिका २०२४ को आवेदन खुला

Screenshot_20240203_203138_Dailyhunt.jpg

मिस नेपाल नर्थ अमेरिकाको छैटौं संस्करणको आयोजना मिति घोषणा भएको छ। आयोजक ड्रीम्स युनिभर्सल एलएलसीले आवेदन खुला गर्दै प्रतियोगिताको फिनाले ३ अगस्तमा हुने जनाएको हो। अमेरिकाको आर्थिक सहर न्यूयोर्कमा हुने यो ब्युटी पेजेन्टका लागि शनिबारदेखि आवेदन खुला भएको जनाइएको छ। आयोजक प्रमुख शैलेन्द्र श्रेष्ठले अमेरिका र क्यानडामा बसोबास गर्दै आएका १८ देखि २९ वर्षसम्मका नेपाली अविवाहित युवतीले प्रतियोगितामा भाग लिन सक्ने बताए। ‘ट्रान्सवुमन’ले पनि सहभागि हुने अवसर पाउनेछन्। नर्थ अमेरिकाको विजेतालाई हिडन ट्रेजरसँगको सहमतिअनुसार आगामी मिस नेपालको प्रतिस्पर्धामा सीधा छनोटको मौका हुनेछ। पर्यटन बोर्डको सद्भावना दूतको रुपमा पनि नियुक्त हुने मौका मिल्नेछ। गतवर्ष जुब्ली शेर्पाले त्यो अवसर प्राप्त गरेकी थिइन्। यसवर्षको संस्करणमा कोरियोग्राफरको रुपमा पूर्वमिस नेपाल तथा टेलिभिजन पर्सनालिटी सदीक्षा श्रेष्ठ रहने भएकी छन्। यसअघि अभिनेत्री प्रियंका कार्की, स्वस्तिमा खड्का, पूर्वमिस नेपाल श्रृंखला खतिवडा, मिस नेपाल इन्टरनेसनल नीति शाह, सेलिब्रेटी सहाना बज्राचार्य लगायत पनि कोरियोग्राफर रहिसकेका छन्। यसवर्षको संस्करणको मुख्य प्रायोजकमा हेल्दी च्वाइस एस्थेटिक हस्पिटल रहने भएको छ। सन् २०१७ देखि मिस नेपाल नर्थ अमेरिकाको इतिहास सुरु भएको हो। पहिलो उपाधि मोनिका घलेले जितेकी थिइन्। ‘नेपाली अमेरिकी महिलालाई सक्षम तुल्याउनु र नेपाली समुदायमा सांस्कृतिक प्रवद्र्धनको उद्देश्यले वर्षेनी पेजेन्ट आयोजना हुँदै आएको छ’ श्रेष्ठले अनलाइनखबरसँग भने।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *