दार्जिलिङ: तकदाह टिस्टा भेल्ली अन्तर्गत रंगली चियाबारीको शिरी गाउँ जिम्बाधुरा निवासी सुनिता तामाङलाई उपचार साथै घरको अवस्थालाई हेरेर दार्जिलिङका भाजपा विधायक निरज जिम्बाले आर्थिक सहयोग प्रदान गरेका छन्। सुनिता तामाङ रंगली चियाबारीमा मजदुरी गरेर खाने एक श्रमिक हुन् र उनी एक महिना अघि पानी झरीमा गाउँको बाटोमा चिप्लेर लडेका थिए र एउटा खुट्टाको माथिल्लो जोड्नी फुस्केर दार्जीलिङ जिल्ला सदर अस्पतालमा भर्ना भएका थिए र अझसम्म उपचाराधीन अवस्थामा छन्। स्थानीयहरुले विधायक निरज जिम्बालाई उनको अवस्था साथै घर परिवारको अवस्था विषयमा जानकारी गराएका थिए। आर्थिक अवस्था कमजोर रहेको चियाबारीमा कार्यरत एक श्रमिक हुन् र उनी बिरामी भएको र घर परिवारमा वृद्ध अवस्थामा रहेका माता पिता रहेको समष्टिका प्रतिनिधिर्गले जानकारी दिएका छन्। तत्काल सहयोगको निम्ति विधायक निरज जिम्बाद्वारा आर्थिक सहयोग प्रदान गरेको जानकारी प्राप्त भएको छ। उक्त सहयोग राशि समष्टिका प्रतिनिधिवर्गद्वारा सुनिता तामाङलाई हस्तान्तरण गरेको जानकारी प्राप्त भएको छ। परिवारद्वारा यस मानवीय सहयोगको निम्ति विधायक निरज जिम्बाप्रति धन्यवाद दिएका छन्।