किली पललाई कोलकाताको मोह

Kili-Paul

कोलकाता: अफ्रिकी देश तजानियाका किली पलको भिडियो सामाजिक सञ्जालमा तपाईले प्रायः हेर्नुहुन्छ। यी भिडियोहरूमा उनको बलिउडप्रतिको लगाव प्रस्ट देखिन्छ। किली पल बलिउड गीतको रिल्स भिडियो बनाएर निकै चर्चित भएको छ। किली पलको यस्तै अर्को भिडियो सार्वजनिक भएको छ । यस भिडियोमा किली पलले कोलकाताका चर्चित गायक अनुपम रोयको सुपरहिट गीत ‘कोलकाता तुमी ओ हेटे देखो कोलकाता, तुमीओ भेबे देखो कोलकाता’ मा लिप सिंक गरिरहेको र उनको बगैंचाको सुन्दर दृश्य पनि देखाइरहेको छ। क्याप्सनमा उनले कोलकाता ❤️ लेखेका छन्।

About Author

Advertisement