गोरुबथान: गितडब्लिङको सरकारी उच्चतर माध्यमिक विद्यालय आफ्नो प्रतिष्ठाको शिखर उक्लने क्रममा बिहिबार ‘स्वच्छ विद्यालय पुरस्कार २०२१-२२’ बाट पुरस्कृत बनेको छ। कालेबुङ स्थित ट्रेजरी हलमा बिहिबार आयोजित एक कार्यक्रममा कालेबुङका जिल्लापाल तथा अतिरिक्त जिल्लापालको बाहुलीबाट विद्यालयका प्राचार्य छिटेन्डुप लेप्चालाई पुरस्कार हस्तान्तरण गरिएको थियो। यस जिल्ला स्तरीय कार्यक्रममा प्राथमिक तथा एसएसके विद्यालयहरू पनि सम्मानित भएका थिए।

गितडब्लिङ उच्चतर माध्यमिक विद्यालयसँगै सिञ्जीको शंकर उच्चतर माध्यमिक विद्यालय, पेदोङको सन्त जर्ज उच्चतर माध्यमिक विद्यालय तथा कालेबुङको सन्त फिलोमिना पनि ‘स्वच्छ विद्यालय पुरस्कार’द्वारा सम्मानित भएका छन्।