हुगलीः सम्पूर्ण देशसँगसँगै पश्चिम बंगालमा पनि लोकसभा चुनाउलाई लिएर वातावरण गर्मिएको छ। यसबीच पश्चिम बंगालको चुनावी मैदानमा सीएएको मुद्दा पुनः फर्किएको छ। केही दिनअघि तृणमूल सुप्रीमो ममता ब्यनर्जीले सीएएलाई लिएर केन्द्रको मोदी सरकारलाई लक्षित गरेकी थिइन् भने यसपालि राज्य विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले सीएएकै सन्दर्भमा राज्यको सत्ताधारी खेमामाथि प्रहार गरेका छन्।
गए शुक्रवार हुगली जिल्लाको चुँचूड़ामा शुभेन्दुले भने- ”१९४५-सालदेखि जारी पश्चिम बंगालका दुई करोड़ बंगाली हिन्दुहरूको संघर्ष यसै फरवरीमा सफल भइरहेको छ। यसैले ममता ब्यनर्जी भयभित भएकी छन्।”” शुभेन्दु अधिकारी भने, ममता ब्यनर्जी यसकारणले भयभित भएकी छन्, किनभने उनलाई लागिरहेको छ कि आगामी लोकसभा चुनाउमा भाजपाले ३५ वटा सीट जित्नेछ अनि तृणमूल कंग्रेस परास्त हुनेछ। त्यसपछि राज्यमा भाजपाको सरकार आउनेछ। अधिकारीले भने, ”मेरो जानकारी अनुसार सीएए पोर्टल लञ्च हुन गइरहेको छ। कानून पहिला नै पारित भइसकेको छ। पनि नियम बनिएको छ। गृहमन्त्रालयले यसलाई फरवरीमा लागू गर्न गइरहेको छ।”
उनले यो पनि भने, ”धार्मिक कारणहरूले प्रताड़ित भएर बङ्गलादेशबाट भागेर आएका बंगाली हिन्दुहरूलाई एकसाथ नागरिकता दिने नरेन्द्र मोदीको प्रतिबद्धता हो। अमित शाहले बनाएको कानून लागू हुन गइरहेको छ।
उल्लेखनीय छ, केन्द्रियमन्त्री औ बनगाउँबाट भाजपा सांसद शान्तनु ठाकुरले गत आइतवार काकद्वीपमा सम्पन्न एक बैठकमा दाबी गरेका थिए- ”म ग्यारण्टी दिन्छु, सीएएलाई सात दिनभित्रमा लागू गरिनेछ।” त्यसपछि राज्यका मन्त्री शशि पाँजाले प्रत्याक्रमण गर्दै भनेका थिए- ”मुख्यमन्त्रीले राज्यमा सीएएको कुनै आवश्यक्ता नरहेको कुरा स्पष्ट पारिसकेकी छन्। सीएए बंगालमा प्रभावी हुनेछैन।”
-हिस











