केन्द्रविरूद्ध ममताको धर्नाको दोस्रो दिन, मञ्चबाटै शुरू गरिन् चुनाउको तयारी

IMG-20230410-WA0169-11-300x172-9

कोलकाताः केन्द्र सरकारविरूद्ध शुरू भएको पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीको धर्नाले शनिवार दोस्रो दिनमा टेक्यो। कोलकाताको रेड रोडमा भीमराव अम्बेडकरको प्रतिमा सामु धर्नामा बसेकी मुख्यमन्त्री ब्यनर्जीले मञ्चबाटै चुनाउको तयारी शुरू गरेकी छन्। उनले पूर्व अनि पश्चिम बर्दवान दुई अलग-अलग जिल्लाको लागि दुई अलग-अलग कमिटी बनाएर यसको जिम्मेवारी मन्त्री अरूप विश्वासलाई सुम्पिएकी छन्। यसरी नै पश्चिम मेदिनीपुर, मुर्शिदाबाद, बीरभूमको लागि ममता ब्यनर्जीले पहिला नै कमिटी गठन गरिसेककी छन्। बर्दवान जिल्लाको लागि गठित कमिटीको प्रभार पञ्चायतमन्त्री प्रदीप मजुमदार अनि प्राणी सम्पदा विकासमन्त्री स्वप्न देवनाथलाई दिएकी छन्।

उल्लेखनीय छ, धर्नाको मञ्चबाट एकातारि ममता ब्यनर्जीले केन्द्र सरकारमाथि प्रहार गरिरहेकी छन् भने अर्कोतिर कंग्रेस र राहुल गान्धीलाई पनि लक्षित गरिरहेकी छन्। राज्यलाई फण्ड रिलीज नगरेको सिलसिलामा उनले केन्द्र सरकारमाथि गम्भीर आरोप लगाउँदै भनिन्, बंगालका मानिसहरूलाई सताउनको लागि फण्डलाई रोकिएको हो, किनभने उनीहरूले मलाई चयन गरेका छन्। कंग्रेस नेता राहुल गान्धीलाई प्रवासी पंक्षीको संज्ञा दिँदै ममताले भनिन्, बंगालमा उनी केवल फोटो शुट गराउनका लागि आएका हुन्। उनको उद्देश्य यहाँका मुस्लिम मतदाताहरूलाई लोभ्याउनु हो, तर सफल हुनेछैनन्। ममताले अझ भनिन्, यदि कंग्रेसले देशभरिका ३०० वटा सीटहरूमा पनि चुनाउ लड़्यो भने ४० वटा सीट पनि जित्न सक्छ कि सक्दैन, यसमा सन्देह छ।

-हिस

About Author

Advertisement