जयसवाल र बुमराहको उत्कृष्ट प्रदर्शनले भारत जीतको गोरेटोमा अग्रसर

IMG-20240203-WA0148.jpg

विशाखापट्टनम: ओपन यशस्वी जयसवालको रेकर्ड दोहोरो शतकपछि पेस बलर जसप्रीत बुमराहको विध्वंशी बलिंगको दममा भारतले ईंग्ल्याण्ड विरुद्ध जारी दोस्रो टेस्ट म्याचमा जीतको दिशामा कदम बढ़ायो। शनिवार दोस्रो दिन भारतको पहिलो ईनिंग्स ३९६ रनमा समाप्त भयो। पहिलो दिन अविजित रहने जयसवालले आज २०९ रन बनाए। जवाफमा ईंग्ल्याण्डको पहिलो ईनिंग्स आज २५३ रनमा समाप्त हुँदा भारतलाई पहिलो ईनिंग्सको आधारमा १४३ रनको बढ़त हासिल भयो। जसप्रीत बुमराहले ६ विकेटको साथ पाहुना टीमको ब्याटिंग क्रमलाई तहसनहस पारे। त्यसपछि भारतले आज दिनको खेल समाप्त हुँदासम्म कुनै विकेट नगुमाइ आफ्नो दोस्रो ईनिंग्समा २८ रन बनायो। यसरी भारतसँग अहिले समग्रमा १७१ रनको बढ़त रहेको छ अनि कुनै विकेटको पतन भएको छैन। शनिवार दोस्रो दिनको खेल समाप्त हुँदासम्म कप्तान रोहित शर्मा १३ अनि जयसवाल १५ रनमा अविजित थिए।

आज बिहान भारतले पहिलो दिनको स्कोर ६ विकेटमा ३३६ रनदेखि अघि खेल्दै आज आफ्नो पहिलो ईनिंग्समा ६० रन जोड़ेर रहल चारवटा विकेट गुमायो। यस अवधि नै जयसवालले आफ्नो टेस्ट करियरको पहिलो दोहोरो शतक पूरा गरे। उनले २९० बल खेलेर १९ वटा चौका र ७ वटा छक्काको साथ २०९ रन बनाए। हिज अविजित रहने रविचन्द्रन अश्विन आज २० रन बनाएर आउट भए। ईंग्ल्याण्डका बलरहरूमा जेम्स एण्डरसन, शोएब बशीर र रेहान अहमदले ३-३ विकेट लिए।

जवाफमा बेजबल रणनीति अनुसार ईंग्ल्याण्डलाई पहिलो ईनिंग्समा ओपनर ज्याक क्राउलेले आक्रामक शुरुवात दिलाए पनि टीमले लगातार अन्तरालमा विकेट गुमायो। क्राउलेले ७८ बल खेलेर ११ वटा चौका र २ वटा छक्काको साथ सर्वाधिक ७६ रन बनाए। त्यसपछि कप्तान बेन स्टोक्सलाई छोड़ेर अरू कसैले पनि उल्लेखनीय योगदान दिन सकेनन्। ईंग्ल्याण्डको मध्यक्रमलाई बुमराहले ध्वस्त पारे। स्टोक्सले ५ वटा चौका र एउटा छक्काको साथ ५४ बलमा ४७ रन बनाए। यसबाहेक जनी बेयरस्टोले २५ र पहिलो टेस्टका नायक ओली पोपले २३ रन बनाए। बेन डकेट र टम हार्टलीले २१-२१ रनको योगदान दिए। यसरी ईंग्ल्याण्डको पहिलो ईनिंग्स आज अन्तिम सत्रको खेलमा २५३ रनमा समाप्त भयो। भारतीय बलरहरूमा बुमराहले १५.५ ओभरमा ४५ रन खर्च गरी सर्वाधिक ६ विकेट लिए। यसबाहेक कुलदीप यादवले ३ र अक्षर पटेलले १ विकेट लिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *