भारतमा टेस्ट खेल्ने सबैभन्दा अधिक उमेरका पेस बलर बने एण्डरसन

IMG-20240203-WA0084.jpg

विशाखापट्टनम, ३ फरवरीः ईंग्ल्याण्डका अनुभवी पेस बलर जेम्स एण्डरसनले भारत विरुद्ध दोस्रो टेस्ट म्याचको अवधि एउटा विशेष उपलब्धि हासिल गरे। एण्डरसन ४१ वर्ष र १८७ दिनको उमेरमा भारतीय माटोमा टेस्ट म्याच खेल्ने सबैभन्दा अधिक उमेरका पेस बलर बने। उनले टेस्ट क्रिकेटमा ७२ सालदेखि कायम रेकर्डलाई तोड़े। भारतीय क्रिकेटका दिग्गज लाला अमरनाथ १९५२-पछि भारतमा टेस्ट खेल्ने सबैभन्दा अधिक उमेरका पेस बलर रहेका थिए अनि यसपाली ईंग्ल्याण्डका बलरले उनको रेकर्ड तोड़े। अमरनाथले ईडन गार्डन्समा आफ्नो अन्तिम टेस्ट म्याच (पाकिस्तान विरुद्ध) खेल्दा उनको उमेर ४१ साल र ९२ दिन थियो। एण्डरसन र अमरनाथको साथ यस सूचीमा रे लिण्डवाल, सुब्रत ब्यानर्जी र गुलाम गार्ड जस्ता नाम पनि रहेको छ, जसमा सबैले १९६१-का क्रिकेटको परिदृश्य बद्लिनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। एण्डरसन भारतमा टेस्ट म्याच खेल्ने पाँचौं सबैभन्दा अधिक उमेरका खेलाड़ी पनि बनेका छन्। यस सूचीमा जिम्बाब्वेका जन ट्राईकोस शीर्षमा छन्, जो १९९३-मा ४५ साल र ३०४ दिनको उमेरमा टेस्ट म्याच खेल्न मैदानमा ओर्लिएका थिए। एण्डरसनको नाममा भारतीय माटोमा सर्वाधिक विकेट लिने पाहुना बलरको रेकर्ड पनि रहेको छ। भारतीय क्रिकेटको तीन अलग-अलग युगहरूमा एण्डरसनले बलिंग गरेका छन्। उनले १४ वटा टेस्टमा ३५ विकेट हासिल गरेका छन्। एण्डरसनले सचिन तेन्दुलकर जस्ता दिग्गजलाई ९ पल्ट आउट गरेका थिए। यसरी उनले ७ पल्ट विराट कोहलीको विकेट लिइसकेका छन्। यसरी उनले शुभमन गिललाई पनि ५ पल्ट आउट गरिसकेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *