गोरुबथान: कालेबुङबाट रिजर्भ लिएर लाभा गएको डुङ्ग्रा निवासी एक चालक मिजारको हत्या गत केही दिन अघि लाभाको छेउमा भएको थियो।स्थानीय मानिसहरूले लाभा प्राथमिक पाठशाला नजिक उनको वाहन खडा भएको देखे तर भित्र कोही नभएको र सिटहरूमा रगत लागेको देखेपछि स्थानीय मानिसहरूले खोजबिन शुरु गरे। नजिकै उनको मृत शरीर पनि फेला परेको थियो। घटनाको जानकारी प्राप्त भएपछि पुलिसदलले हत्याराको खोजी शुरु गरे भने आज गोरुबथानमा नै गोरुबथान पुलिसले सो आरोपीलाई पक्राउ गरेको छ।