मन्त्री डा. भारती प्रविण पावर तीन दिवसीय सिक्किम भ्रमणमा

IMG-20240202-WA0258.jpg

गान्तोक: भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण तथा जनजाति मामिला राज्यमन्त्री डा. भारती प्रविण पवार आज बागडोग्रा विमानस्थलमा अवतरण गरेकी छन्। उनी तीन दिवसीय सिक्किम भ्रमणको निम्ति आज बागडुग्रा हवाई अड्डा अवतरण गरिन्।

आज उनी बागडुग्राबाट सोझै गेजिङ जिल्ला प्रस्थान गर्ने जानकारी प्राप्त भएको छ। गेजिङ जिल्लाको जिल्ला भवनमा भोलिदेखि आयोजना हुने आयुष्मान मेलामा सहभागिता जनाउने भएकी छन्। उनीसँग अतिरिक्त पीएस र उपसचिव विशाल कुमार गुप्त पनि सामेल रहेका छन्। उनलाई बागडुग्रा हवाई अड्डामा स्वागतको निम्ति सिलगढीका स्वास्थ्य एवम परिवार कल्याण विभाग सिक्किम प्रोटोकलका जीडीएमओ जामयाङ भोटिया लगायत अन्य अधिकारीहरले स्वागत जनाए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *