घर घरमा पानी पुर्याँउन दशवटा जल परियाेजनाकाे शिलान्यास

मिरिक: घर घरमा पानी पुर्याँउने उदेश्यले शुक्रबार साैरेनी बजार सार्वजनिक भवनमा जल परियाेजनाहरूकाे शिलान्यास गरियाे। जीटीए स्वास्थ परिवार जनकल्याण एंव अल्पसंख्यक विभागका कार्यकारी सभासद अरूण सिगचीले पण्डितकाे मन्त्राेच्चारणकाे साथमा उक्त याेजनाकाे शिलान्यास गरे। यस अवसरभा सभासदहरू मिलेस राई, धुर्ब बमजन,हिल्स तृणमूल कंग्रेस चेयरम्यान एलबी राई,भागाेप्रमाे साैरेनी समष्टि सुनिल प्रधान, साँगठनिक सचिव नवराज छेत्री,युवा तृणमूल कंग्रेस मिरिक संयाेजक विकास सुब्बा, विदुर गुरूङ, सतीस थापा, नारी शक्ति महकुमा अध्यक्ष गणिता गुरूङ आदि पनि उपस्थित थिए। सभासद मिलेस राईकाे अध्यक्षता अनि पीएचई विभागका राेशन लामाले संचालन गरेकाे कार्यक्रममा स्वागत मनतब्य भागाेप्रमाे साैरेनी समष्टि सचिव विनय सुब्बाले पाेखेका थिए।
उक्त जल परियाेजना जीटीए पीडब्ल्युसी याेजना अन्तर्गत रहेकाे छ भने उक्त जलपरियाेजना एक कराेड सत्तर लाख त्रिपन्न हजार पाँच सय त्रिपन्न रूपियाँकाे रहेकाे छ भने साैरेनी सष्टिकाे ६५५ वटा घर मा पानी पुग्ने लक्ष्य राखिएकाे छ। शुक्रबार शिलान्यास भएकाे १०वटा याेजना अन्तर्गत मन्जु डाँडा गाउँ, बडाकाेठी गाउँ, छाेटा टिङलिङ, साैरेनी बजार, खाेप्रेल डाँडा गाउँ, कटाहरे फरेष्ट बस्ती, चुवानधुरा, बुङकुलुङ, सिङबली फ्याक्ट्री गाउँ अनि एउटा पूर्ण पानीकाे काम रहेकाे छ। शुक्रबार भएकाे दशवटा पानीकाे याेजनामध्ये नाैवटामा अघिबाट निर्माण गरिएकाे ट्याङ्कीबाट घर घरमा पाइप लगाएर पानी उपलब्ध गरिनेछ भने एउटा पूर्ण नयाँ कार्य हुनेछ। कार्यक्रममा बाेल्दै पीएचई विभागका एक्जुकेटिभ इन्जिनियर मणिरत्न मंग्रातीले जल जीवन मिसन अन्तर्गत १० वटा पानीकाे कामकाे शिलान्यास गरिएकाे जानकारी गराँउदै घर घरमा पानी उपलब्ध गराँउने उदेश्यले नै उक्त याेजना अन्तर्गत पानीकाे काम शुरू हुनेछ भने।तिनले मिरिक महकुमाकाे चारवटा समष्टिमा नै पानीकाे काम हुनेछ भन्दै मार्च २०२४ सम्म सबैकाे घर घरमा पानी पुर्याँउने लक्ष्य विभागले राखेकाे छ भने। यस अवसरमा बाेल्दै मुख्य अतिथि हिल्स तृणमूल कंग्रेस चेयरम्यान एलबी राईले सरकारले घर घरमा पानी पुर्याँउने उदेश्यले उक्त याेजना शुरू गरेकाे जसकाे लाभ सबैलाई हुनेछ भने। तिनले जीटीए माफर्त अझ धेरै याेजनाहरू शुरू हुनेछ भन्दै जीटीका सभासदहरूलाई क्षेत्रकाे सर्वार्ङिन विकासमा कार्य गर्ने अनुराेध गरे।
कार्यक्रममा बाेल्दै जीटीए स्वास्थ परिवार जनकल्याण एंव अल्पसंख्यक विभागका कार्यकारी सभासद अरूण सिगचीले विगतमा दिएकाे बचनहरू पाँचबर्षमा पूरा आवश्य गरिनेछ भने।तिनले विभागकाे सक्रिय पहलमा नै साैरेनी समष्टिमा १० वटा जल परियाेजनाकाे शिलान्यास भएकाे जसकाेलागि म विभागप्रति आभार प्रकट गर्दछु भने। तिनले जनताकाेलागि दिएकाे याेजना जनताले सही ढंगमा उपयाेग गर्नु पाँउनुपर्छ भन्दै सबैले उक्त याेजनाकाे लाभ उठावाेस भन्ने मेराे चाहना छ भने। तिनले जीटीए प्रमुख कार्यापाल अनित थापा जीटीएकाे चाैकीमा बसेकाे एक महिना नभई साैरेनीमा १० वटा पानीकाे याेजना शुरू भएकाे जसले गर्दा साैरेनी समष्टिबासीले भाग्यमानी ठान्नुपर्छ भने।तिनले चुनाउमा भाेट जितेर जाने सांसद अनि विधायकहरूले जनताकाे हितमा केही नगरेकाे अभियाेग लगाँउदै जनताले अब सांसद र बिधायकहरूलाई जनहितमा के गर्याे भनेर सडकमा निस्केर प्रश्न गर्नुपर्छ भने।तिनले गरीबकाे घरमा पहिला पानी पुगाेस भन्दै अब सा‌ैरेनीमा विकासकाे मूल फुटेकाे छ। जीटीए प्रमुख कार्यपाल अनित थापा नसुक्ने पानीकाे मुहान हाे उनकाे साथमा बसे चारैतिर विकासकाे मूल फुट्नेछ भने। कार्यक्रम अध्यक्ष जीटीए पीएचई विभाग मिरिक क्षेत्रका सभासद मिलेस राईले जीटीए गठन भएकाे महिना दिन नबित्दै १० वटा पानीकाे कामकाे शिलान्यास भएकाे छ। याे जीटीए प्रमुख कार्यापाल अनित थापाकाे ब्यावहारिक कार्यकाे प्रतिफल हाे भने।तिनले हामी जनताकाे काम गर्न नै अघि आएकाे हाै भन्दै हामी सिस्टम बनाएर हरेक याेजनामा काम गर्नेछाै भने। तिनले कतैपनि अधुराे काम नहाेस भन्ने हाम्राे चाहना छ भन्दै हामी पानीकाे मात्र हाेइन जनताकाे मूलभूत समस्याकाे पनि समधान गर्ने पहल गरिनेछ भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement