बङ्लादेशी काका-भतिज बीएसएफको कब्जामा

IMG-20230528-WA0320-5-300x172-9

जलपाइगढीः जिल्लाको भारत-बङ्लादेश सीमामा तैनाथ उत्तर बंगाल फ्रण्टियरको सिलगढ़ी सेक्टर अन्तर्गत सीमा सुरक्षा बल (बीएसएफ)- को १५औं बटालियनको बोर्डर आउट पोस्ट दाइखाताका सर्तक सीमा जवानहरूले दुईजना बङ्गलादेशी नागरिकहरू क्रमैले मोहम्मद याकूब अली (४१) र रोब्बानी अली (३८)-लाई पक्राउ गरेका छन्। यी दुई सम्बन्धले काका-भतिज हुन्। बीएसएफले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गरी यस आशयको जानकारी दियो।

जानकारी अनुसार दुवै बङ्गलादेशी नागरिकहरूलाई त्यसबेला कब्जामा लिइएको थियो जतिबेला यिनीहरूले आफ्नो परिवारसित भेट गर्नका लागि बार नभएको क्षेत्रबाट भारतदेखि बङ्गलादेशभित्र अवैध रूपमा छिर्ने प्रयास गरिरहेका थिए। समातिएका दुवै बङ्गलादेशी नागरिकद्वयलाई जफत गरिएको सामानसितै कोतवाली थानामा सुम्पिइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *