स्कूले विद्यार्थीको गलफन्दामा झुण्डिएको शव भेटियो

IMG-20230528-WA0320-5-300x172-9

जलपाइगढीः जिल्लाको मैनागढीमा नवौ कक्षाकी छात्राको गलफन्दामा झुण्डिएको शव भेटिएको छ। मृत छात्राको नाम रीना राय हो जो चारेरबाड़ी हाई स्कूलकी छात्रा थिइन्। शुक्रवार बिहान रीनाको शव चारेरबाड़ी क्षेत्रमा अवस्थित निजी घरमा झुण्डिरहेको अवस्थामा फेला पारियो। भनिन्छ, रीनाले आत्महत्या गरेकी हुन्। तर परिवार भने रीनाले आत्महत्या किन गरिन् त्यसलाई लिएर असमञ्जस्यतामा परेका छन्।

रीनाका पिता परमेश रायले बताए, आज बिहान उनीहरू पति-पत्नी घरको नजिकैको खेतमा गएका थिए। केही समयपछि उनीहरू घर फर्केर आउँदा रीनालाई गलफन्दामा झुण्डिएको देखे। त्यसपछि तत्काल रीनालाई मैनागढी ग्रामीण अस्पताल पुऱ्याइयो जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। पुलिस घटनाको जाँचमा जुटेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *