मुख्यमन्त्रीले माध्यमिक परीक्षार्थीहरूलाई शुभकामना

IMG-20230410-WA0169-11-300x172-9

कोलकाताः पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले माध्यमिकका परीक्षार्थीहरूलाई शुभकामना दिएकी छन्। शुक्रवारदेखि राज्यमा माध्यमिक परीक्षा शुरू भएको छ। लगभग दश लाख छात्र-छात्राहरूले यसपालि परीक्षा लेखिरहेका छन्।

परीक्षा बिहान १० बजेदेखि आरम्भ भइसकेको छ। परीक्षार्थीहरूको सुविधाको निम्ति बिहानदेखिकै अतिरिक्त संख्यामा सरकारी अनि असरकारी बसहरूलाई चलाइँदैछ। यसबीच मुख्यमन्त्री ममता ब्यनर्जीले माइक्रो ब्लगिङ्ग साइट एक्समा एउटा पोस्ट गरिन्। पोस्टमा उनले लेखेकी छन्, माध्यमिकका सबै परीक्षार्थीहरूलाई धेरै-धेरै शुभकामना।

उल्लेखनीय छ, माध्यमिक परीक्षा हरेक वर्ष मध्यान्ह १२ बजेपछि हुन्थ्यो भने यसपालि दुई घण्टा अगाड़ि अर्थात १० बजेदेखि शुरू भएको छ जसले गर्दा विद्यार्थीहरूलाई समस्या भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement