२९ जुलाईः आईडीसीसी रम्फू पूर्व सिक्किमको तत्त्वावधानमा आयोजित ७६औं इण्डिपेण्डेन्स डे फूटबल टुर्नामेण्ट २०२२-अन्तर्गत बिहीवार खेलिएको म्याचमा सिलगढ़ीको कञ्चनजंघा फूटबल क्लब (केएफसी)-ले जीत हासिल गऱ्यो। स्थानीय खेल मैदानमा भएको म्याचमा केएफसी-ले पीएफए सेण्ट्रल पाण्डामलाई २-०-ले पराजित गऱ्यो। म्याचमा विजेता टीमबाट अरुण तामाङ र अभिषेक दर्जीले गोल गरे भनी केएफसीका कार्यकारी अध्यक्ष सुरेन प्रधानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।