राज्यकी मुख्यमन्त्रीले चुनावअघि फेरि पट्टा दिने झूटो वाचा गरिन्: अशोक भट्टाचार्य

IMG-20240202-WA0223.jpg

सिलगढी: राज्यकी मुख्यमन्त्रीले चुनावअघि फेरि जमिनको पट्टा दिने झूटो वाचा गरेको आरोप माकपाका नेता तथा सिलगढीका पूर्व विधायक अशोक भट्टाचार्यले लगाएका छन्। सन् २०१९ को लोकसभा चुनाव अघि राज्य मुख्यमन्त्री ममता ब्यानर्जीले शहरका बासिन्दाहरूलाई रेलवेको जमिनमा पट्टा दिने वाचा गरेकी उनले बताए। उनले भने, ‘तर, रेलवेसँगको कानूनी जटिलताका कारण यो रोकिएको छ। त्यसपछि, राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले २०२४ को लोकसभा चुनावअघि पट्टा दिने वाचा गरिन्। यसको जिम्मेवारी सिलगढीका मेयर गौतम देव र दार्जीलिङ जिल्लाका जिल्ला अधिकारीलाई दिइएको छ। उनीहरुले पट्टा दिने प्रक्रिया शुरु गरिसकेका छन्। यद्यपि, अशोक भट्टाचार्यले चुनाव अघि जनतालाई झूटा वाचा गर्नु र उनीहरूबाट भोट लुट्नु राज्यको सत्तारूढ दलको मुख्य लक्ष्य भएको आरोप लगाए। शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले मुख्यमन्त्रीको यो वाचाको चर्को विरोध गरे। अशोक भट्टाचार्यले जिल्ला अधिकारीविरुद्ध निर्वाचन आयोगमा उजुरी दिने पनि बताए। यता मेयर गौतम देव अशोक भट्टाचार्यको कुरालाई महत्व दिन तयार छैनन्। उनले राज्यका मुख्यमन्त्री सबै मुद्दालाई कानुनी प्रक्रियाअनुसार टुङ्ग्याउन चाहेको बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *