जयसवालको शतकले भारत असल स्थितिमा

IMG-20240202-WA0236.jpg

विशाखापट्टनम, २ फरवरीः ओपनर यशस्वी जयसवाल (अविजित १७९)-को उत्कृष्ट ब्याटिंगको दममा भारतले ईंग्ल्याण्ड विरुद्ध दोस्रो टेस्ट म्याचको पहिलो दिन शुक्रवार आफ्नो पहिलो ईनिंग्समा असल स्कोर बनायो। पहिलो दिनको खेल समाप्त हुँदासम्म भारतले आफ्नो पहिलो ईनिंग्समा ६ विकेट गुमाएर ३३६ रन बनायो। यशस्वी जयसवाल १७९ रनमा अविजित रहे। उनले २५७ बल खेलेर १७ वटा चौका र ५ वटा छक्का लगाए। उनको साथमा रविचन्द्रन अश्विन ५ रनमा अविजित रहे। भारतको पहिलो ईनिंग्समा जयसवाल बाहेक अरू कसैले पनि सहजताको साथ खेल्न सकेनन्। ईंग्ल्याण्डका बलरहरूमा पदार्पण टेस्ट खेलिरहेका शोएब बशीर र रेहान अहमदले सर्वाधिक २-२ विकेट लिए। यसबाहेक जेम्स एण्डरसन र टम हार्टलीले १-१ विकेट प्राप्त गरे।
आज जयसवाल बाहेक भारतको तर्फबाट शुभमन गिलले ३४ र पदार्पण टेस्ट खेलिरहेका रजत पाटीदारले ३२ रनको योगदान दिए। श्रेयस अय्यर र अक्षर पटेलले २७-२७ रन बनाए। कप्तान रोहित शर्मा १४ रन बनाएर आफ्नो पहिलो टेस्ट म्याच खेलिरहेका बशीरको पहिलो अन्तर्राष्ट्रिय विकेट बने। स्पिन सहायक पीचमा भारतका सबै ब्याटरले असल शुरुवात गरे पनि जयसवाललाई छोड़ेर कसैले पनि लामो ईनिंग्स खेल्न सकेनन्। जयसवालले अय्यरसँग तेस्रो विकेटको निम्ति ९०, पाटीदारसँग ७०, अक्षर पटेलसँग ५२ रनको पार्टनरशीप गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *