२९ जुलाईः भारत र वेष्ट इण्डिजबीच शुक्रवार, २९ जुलाईदेखि पाँचवटा म्याचको टी२० सीरीज शुरु हुनेछ। यस सीरीजको निम्ति विकेटकीपर ब्याटर सञ्जु सेमसनलाई भारतीय टीममा सामेल गरिएको छ। सेमसनलाई ओपनिंग ब्याटर केएल राहुलको स्थानमा टी२० टीममा राखिएको छ। सञ्जु हालै सम्पन्न वेष्ट इण्डिज विरुद्ध वनडे सीरीजमा पनि टीमका हिस्सा थिए। शुरुवातमा राहुल टीमका हिस्सा थिए तर फिटनेस हासिल गर्न नसक्दा उनी टीमबाट बाहिर भएका छन्। राहुललाई कोरोना संक्रमण भएको थियो। यसअघि ग्रोइन इञ्ज्युरीले गर्दा उनी आईपीएलदेखि नै क्रिकेटदेखि टाढ़ा छन्। जर्मनीमा सर्जरी गराएपछि राहुलको बेंगलुरु स्थित एनसीए-मा रिह्याबिलिटेशन चलिरहेको थियो।