सिलगढी सहित पूरै बंगालमा माध्यमिक परीक्षा शुरु

Screenshot_20240202_113151_WhatsApp.jpg

सिलगढी। पश्चिम बंगाल माध्यमिक शिक्षा बोर्ड (WBBSE) को माध्यमिक परीक्षा आजदेखि सुरु भएको छ। कक्षा १० को परीक्षाको पहिलो दिनदेखि प्रथम भाषा परीक्षा शुरु भएको छ भने यसअन्तर्गत बंगाली, अङ्ग्रेजी, हिन्दी, नेपाली, उर्दू आदि विषय लिएका विद्यार्थीले सोही भाषामा परीक्षा दिएका छन्। सिलगढीका परीक्षा केन्द्रमा आज बिहानैदेखि विद्यार्थीहरू पुग्न थालेका छन्‌। यस पटक सिलगढी सहित पश्चिम बंगालमा ९ लाख २३ हजार परीक्षार्थीहरु परीक्षामा सहभागी भएका छन्। परीक्षाका क्रममा ठगी हुन नदिन र परीक्षार्थीमाथि कडा निगरानी राख्न परीक्षा केन्द्रमा सीसीटीभी क्यामेरा जडान गरिएको छ। यसका साथै सुरक्षाको कडा व्यवस्था गरिएको छ। प्रश्नपत्र लीक हुन नदिन कडा व्यवस्था गरिएको छ भने आजबाट सुरु भएको माध्यमिक परीक्षा १२ फरवरीसम्म चल्नेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *