कोचबिहार जिल्लामा माध्यमिक परीक्षा सुचारु रूपमा जारी

IMG-20240202-WA0170.jpg

कोचबिहार: कोचबिहार जिल्लामा कुनै बाधा बिना माध्यमिक परीक्षा शुरु भएको छ। परीक्षा केन्द्रमा बिहानैदेखि विद्यार्थीको भीड लागेको थियो। विहान ८ः३० बजे परीक्षा केन्द्रको ढोका खोलिएको थियो। यस वर्ष कोचबिहार जिल्लामा कुल ३१९५४ विद्यार्थी परीक्षामा सहभागी छन्। जसमध्ये १३ हजार ५ सय ७ नियमित विद्यार्थी र १ हजार ६ सय ३३ नियमित छात्रा छन्। साथै कम्पार्टमेन्टल र सीसी विद्यार्थीको संख्या २४१४ छ। माध्यमिक परीक्षाका लागि बिहानैदेखि सडकमा अतिरिक्त बस र विभिन्न सवारी साधन चलेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement