पहिलो इण्टर अफिस महकुमा स्तरीय फूटबल ३० जुलाईदेखि

२९ जुलाईः खरसाङ फूटबल एसोसिएशन (केएफए)-को तत्त्वावधानमा आउँदो ३ जुलाई (शनिवार)-देखि पहिलो इण्टर अफिस महकुमा स्तरीय फूटबल टुर्नामेण्टको आयोजन गरिेनेछ। स्थानीय मण्टिभियट खेल मैदानमा हुने यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा १२ वटा टीमले हिस्सा लिनेछ। टुर्नामेण्टको फाइनल ८ अगस्तमा हुनेछ। यस टुर्नामेण्टको समापनपछि केएफए-को तत्त्वावधानमा पहिलो महिला इण्डिपेण्डेन्स च्यालेञ्ज कप फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement