मिरिक क्षेत्रमा तीसवटा हाईमास लाईट जडान गरिने

17-06-15-hig.jpg

मिरिकः मिरिक बजार तथा कृष्णनगर क्षेत्रमा तीसवटा हाईमास लाईट जडान गरिने भएको छ। उक्त कार्यलाई मिरिक नगरपालिकाको पहलमा गरिने भएको छ। यसको निम्ति आज मिरिक नगरपालिका अध्यक्ष एलबी राईले उक्त कार्यको शिलान्यास गरे। यसको साथै लाईट लगाइने स्थानहरूमा तिनले स्थलगत निरीक्षण पनि गरे। यस अवसरमा पत्रकारहरूसँग कुराकानी गर्दै आज शिलान्यास कार्यक्रमपछि कतिपय स्थानहरू पहिलेबाट नै पक्का गरिसकेको तथा अन्य कुन-कुन ठाउँहरूमा लगाउनु पर्ने भन्नेबारे निरीक्षण गरिरहेको नगरपालिका अध्यक्ष एलबी राईले बताए। मिरिकमा १ करोड ३७ लाख रुपियाँको लागतमा मोठ तीसवटा लाईट लगाइने भएको जानकारी दिँदै तिनले आजदेखि नै लाईट जडान गर्ने कार्य आरम्भ हुने बताए। हाल मिरिक बजार अनि कृष्णनगरको विभिन्न स्थानहरूमा लाईट जडान गरिने र आफूहरूले यो भन्दा अघि ६५० वटा स्ट्रिट लाईटको प्रस्ताव राखेकोमा अहिलेसम्म ३५० वटा लाईट जडान गरिसकेको साथै ३०० वटा स्ट्रिट लाईट अन्य वार्डहरूमा जडान गरिने बताए। आजदेखि शुरु भएको हाई मास लाईट जडान गर्ने कार्य आगामी चार-पाँच महिनाको अवधि पूर्ण गरिने तिनले थप जानकारी गराए। मिरिक नगरपालिकामा वर्ष २०१७ मा तृणमूल कङ्ग्रेसले जितेपछि अध्यक्ष एलबी राईको नेतृत्वमा यहाँको नगरपालिका क्षेत्रमा धेरै विकासमूलक कार्यहरू भइरहेको छ। अब मिरिक नगरपालिकावासीले हाईमास लाईटको सेवा पनि पाउने भएकोले तिनीहरू खुशी देखिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement