अन्तरिम बजटमा खेलकुदको निम्ति ३४४२.३२ करोड़ रुपियाँ

IMG-20240201-WA0235.jpg

नयाँ दिल्ली, १ फरवरीः केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले आज संसदमा अन्तरिम बजट २०२४ पेश गरिन्। यसपाली आम चुनाउले गर्दा जरुरी वित्तीय कार्यहरूका प्रबन्धनको निम्ति सरकारले अन्तरिम बजट पेश गऱ्यो। पूर्ण बजट लोकसभा चुनाउ सम्पन्न भएपछि अनि नयाँ सरकार गठन भएपछि पेश गरिनेछ। यसैकारण खेल बजटलाई लिएर धेरै आशा रहेको थियो। यस साल पेरिस ओलम्पिक पनि रहेको छ। यसैकारण खेल र खेलाड़ीहरूलाई लिएर मोदी सरकारले ठूलो घोषणा गरेको छ। गत वर्ष केन्द्र सरकारले युवा मामिला अनि खेलकुद मन्त्रालयको निम्ति ३३९७.३२ करोड़ रुपियाँको बजट पेश गरेको थियो, जुन साल २०२२ को बजटभन्दा ७२३.९७ करोड़ रुपियाँ अधिक थियो। साल २०२२ मा पनि खेल बजटमा ४२३.१६ करोड़ रुपियाँको बढ़ोत्तरी गरिएको थियो। यसपाली मोदी सरकारले खेल बजटमा ३४४२.३२ करोड़ रुपियाँ दिएको छ, जुन गत सालको तुलनामा ४५ करोड़ रुपियाँ अधिक हो। यस सालको खेल बजटमा खेलो इण्डियाको निम्ति ९०० करोड़ रुपियाँ आवण्टन भएको छ। यसबाहेक भारतीय खेल प्राधिकरण (साई) लाई ८२२ करोड़ रुपियाँ आवण्टन गरिएको छ। नेशनल सर्विस स्कीमको निम्ति २४९.५५ करोड़ अनि पण्डित दीनदयाल उपाध्याय नेशनल वेलफेयर अव् स्पोर्टस पर्सन-को निम्ति ३४० करोड़ रुपियाँ आवण्टन गरिएको छ।
केन्द्रीय वित्त मन्त्री सीतारमणले आफ्नो बजट भाषणमा भनिन्, हामीलाई देशका युवाहरूमाथि गर्व छ, जसले खेलहरूमा नयाँ उँचाईलाई छोइरहेका छन्। गत वर्ष (२०२३) एशियाई खेलहरू र एशियाई प्यारा खेलहरूमा अहिलेसम्मको सर्वश्रेष्ठ प्रदर्शनले खेलाड़ीहरूका उच्च आत्मविश्वासलाई दर्शाउँछ। चेस खेलका दिग्गज अनि हाम्रा नम्बर एक खेलाड़ी प्रगनानन्दले २०२३-मा वर्तमान विश्व च्याम्पियन मेग्नस कार्लसनलाई कड़ा चुनौती दिएका थिए। आज भारतमा ८० भन्दा अधिक चेस खेलका ग्राण्डमास्टर छन् जबकि २०१० मा यो सङ्ख्या २० भन्दा सामान्य अधिक थियो। यसबीच खेलो इण्डियाको बजेटमा चाहिं कटौती गरिएको छ कारण २०२३-२४-को निम्ति बजटमा १००० करोड़ रुपियाँ दिइएको थियो। यसरी साई-को बजटमा चाहिँ ३६.०९ करोड़ रुपियाँको बढ़ोत्तरी गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *