युवा तृणमूलद्वारा मदरसा बोर्डको माध्यमिक परीक्षार्थीहरूलाई कलम, पानी र फुल प्रदान

138b5fd9-5e7a-451e-ae8c-723defcbdf90-1024x576-1.jpg

राजगञ्ज: आजदेखि मदरसा बोर्डको माध्यमिक परीक्षा शुरू भएको छ। युवा तृणमूल कग्रेसका कार्यकर्ताहरूले आज परीक्षार्थीहरूलाई कलम, पिउने पानी र फुल प्रदान गरे। मदरसा बोर्डको माध्यमिक परीक्षा आजदेखि शुरू भएको छ भने आगामी १७ फरवरीमा समाप्त हुनेछ। आज राजगञ्ज ब्लकको बिन्नागढी अञ्चल युवा तृणमूल कङ्ग्रेसको तर्फबाट भन्डारीगछ सुरूबारी हाई मदरसाका छात्र-छात्राहरूलाई कलम, पानीको बोतल र गुलाबको फुल प्रदान गरियो। स्थानीय ग्राम पञ्चायत प्रधान समिजउद्दीन अहमदले भने, परीक्षार्थीहरूलाई शुभकामना दिँदै युवा तृणमूलको तर्फबाट कलम, गुलाबको फुल र पानीको बोतल प्रदान गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement