मन्त्री एमएन शेर्पाले गरे स्थानीयहरूलाई लिएर समन्वय सभा

IMG-20240201-WA0243.jpg

गान्तोक: दरामदिन समष्टि अन्तर्गत सोम्बारिया बजारस्थित पार्टी कार्यलयमा सिक्किम क्रान्ताकारी मोर्चा पार्टीको समष्टिस्तरीय सदस्य अनि पञ्चायतगण बीच समन्वय सभा सम्पन्न भयो।

सो सभाको अध्यक्षता क्षेत्र विधायक एवं मन्त्री एमएन शेर्पाले गरेका थिए। मन्त्रीको साथमा जिल्ला उपाध्याक्ष प्रभारी डीबी गुरूङ, अनुसुचित जनजाति कल्याण बोर्डका अध्यक्ष प्रेमकुमार सुब्बा, राज्य स्तरीय पञ्चायत सेलका महासचिव गोपाल गुरुङ लगायत पार्टीका कार्याकर्ताहरुको बाक्लो उपस्थिति थियो। विशेष गरेर आगामी ४ फरवरीको दिन मा रम्फू खेलमैदानमा सम्पन्न हुने १२औं स्थापना दिवसमा सबैजना भव्य रुपमा सहभागिता जनाइ सफल बनाउन पार्टी कर्याकर्ता अनि पञ्चायतहरु बीच तालमेल राखेर काम गर्नुपर्ने मन्त्रीले आह्वान गरे। एसकेएम सरकारको योजना अनि सहुलियतहरु वितरण गर्नमा पञ्चायतहरुको मुख्य भूमिका भएकोले यस विषयमा पनि चर्चा परिचर्चा गरियो। पार्टी अध्यक्षको निर्देश अनुसार एसकेएम पार्टीका कार्यकर्ताहरूद्वारा घर दैलो अभियान तथा झण्डोत्तोलन कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। एसकेएम पार्टीको जिल्ला उपाध्याक्ष प्रभारी डीबी गुरूङ अनि सीएलसी अध्यक्षले आजको सभालाई सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement