मुख्यमन्त्रीले गरे सिलगढीमा उपचारधीन रोगीहरूसँग भेट

IMG-20240201-WA0242.jpg

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सिलगढीको विभिन्न नर्सिङ होममा उपचारधीन रोगीहरूसँग भेट गरे। विशेष गरेर सरकारले शुरू गरेको वत्सालय योजना अन्तर्गत आईभीएफ-को माध्यमद्वारा नानी जन्माउनको निम्ति उपचाराधीन रहेका रोगीहरूसँग भेट गर्दै उनीहरूको अवस्थाबारे जानकारी लिएका छन्।

यसै क्रममा मुख्यमन्त्री तामाङले दरामदिन निवासी कञ्चन छेत्री र नर बहादुर छेत्रीसँग भेट गरेको बताएका छन्। उक्त दम्पतिको नौ वर्षदेखि कुनै जय जन्म नभएको हुँदा उनीहरूलाई वत्सालय योजना अन्तर्गत मुख्यमन्त्रीले धनराशि प्रदान गरेपछि अन्तत आईभीएफ- माध्यमद्वारा नानी हुने भएको छ। दम्पतिले असाधारण योजना र उहाँको व्यक्तिगत संलग्नताको लागि मुख्यमन्त्रीप्रति गहिरो कृतज्ञता व्यक्त गरे, जसले उनीहरूको अभिभावकत्व यात्रा सम्भव भएको बताएका छन्। मुख्यमन्त्रीले दम्पतिलाई बधाई दिँदै सुखी दाम्पत्य जीवनको कामना गरेका छन्।

उल्लेखनीय छ, मुख्यमन्त्री चिकित्सा योजना अन्तर्गत आईभीएफ- माध्यमद्वारा सन्तान जन्माउनको निम्ति ३५० जना लाभावन्तित भएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *