ओकाइटी नौ नम्बर गाउँमा गाउँको निम्ति योगदान दिने वृध्द व्यक्तित्वहरुलाई सम्मान

IMG-20240201-WA0223.jpg

मिरिक: मिरिक महकुमा अन्तर्गत ओकाइटी नौ नम्बर गाउँमा वृद्धावस्था पार गरेका अनि गाउँको निम्ति योगदान दिएका व्यक्तित्वहरुलाई सम्मान जनाउने काम भएको छ। विशेष गरी गाउँको उत्थान अनि विकासको निम्ति योगदान दिने गाउँका वृध्द वृद्धाहरुलाई साइत गरेर स्थानीय पञ्चायत सदस्य संगीत राईको अगुवाईमा अनि गाउँका स्व निर्भर दलको सक्रियतामा एक कार्यक्रमको आयोजना स्थानीय खेल मैदानमा सम्पन्न भयो।

उक्त कार्यक्रममा गाउँका स्व निर्भर दलहरु क्रमैले कलश स्व निर्भर दल, पूर्णचन्द्र, अविरल, दिव्य ज्योति, गौरी, प्राप्ति, होप, आशाको किरण आदिका प्रतिनिधिहरु उपस्थित रहेका थिए। गाउँका वृद्धहरुको सम्मान गर्न उपस्थित भएका गाउँलेहरुले गाउँका निर्वाचित प्रतिनिधि संगीत राई अनि स्वनिर्भर दलको यो पदक्षेपलाई स्वागत गरे। यसै क्रममा पञ्चायत सदस्य संगीत राईले अर्को वर्षदेखि अझ भव्य रुपमा यस प्रकारको कार्यक्रम गरिने मन्तव्य पोखेका छन्।

उनले गाउँ बनाउने श्रेय यी व्यक्तिहरुलाई दिन्दै यी सम्मानित व्यक्तित्वहरु आफैमा प्रेरणाको श्रोत भएको बताएका छन्। उनले यो कार्यक्रम सफल बनाउन गाउँलेहरुले दिएको सहयोगको निम्ति आभार समेत जनाएका छन्।

About Author

Advertisement