मिरिकको पहिला गाउँ पुग्ने रोड निर्माणको लागि शिलान्यास

IMG-20240201-WA0221.jpg

मिरिक: मिरिकको पहिला गाउँ स्कूल डाँडा ग्राम पञ्चायत दुई अन्तर्गत नाै माइल थापा गाउँमा अब गाडी पुग्ने भएकाे छ। गाउँमा पुग्ने कच्ची सडक खनन कार्यकाे शिलान्यास बिहीबार ग्राम पञ्चायत प्रधान जयन्ती सुब्बाले पण्डितकाे मन्त्राेच्चारणकाे साथमा गरिन्।उक्त सडक खननकाे लागि जेसेभी मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईले उपलब्ध गरिदिएकाे जसकाे लागि गाउँवासीकाे पक्षबाट समीर थापाले सभासद मिलेस राईप्रति आभार प्रकट गरेका छन्। उनले सडक खनन् भएपछि गाउँमा गाडी पस्ने भएकाे जसले गाउँवासीले भाेग्दै गरेकाे यातायातकाे समस्या समधान हुनेछ भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement