सोनादा क्षेत्रमा यसपाली माध्यमिक परीक्षा दिनेहरूको संख्या जम्मा ३४९ जना

West-Bengal-Madhyamik-Pariksha-Board.jpg

सोनादा: सोनादा क्षेत्रमा यसपाली माध्यमिक परीक्षा दिनेहरूको संख्या जम्मा ३४९ जना रहेको जानकारी प्राप्त भएको छ। सोनादा क्षेत्रमा मुख्य परीक्षा केन्द्रको रूपमा सोनादा उच्चत्तर माध्यमिक विद्यालय रहेको छ भने अन्य केन्द्रहरूमा होली क्रस गर्ल्स उच्चत्तर माध्यमिक विद्यालय र सन्त जोभियर्स उच्चत्तर माध्यमिक विद्यालय पनि रहेका छन्। सोनादा क्षेत्रबाट यसपाली माध्यमिक परीक्षा दिने विद्यार्थीहरूको संख्या जम्मा ३९ जना रहेको जसमा केटाहरू ११३ र केटीहरू २३६ जना सामेल छन्। सोनादा क्षेत्रको परीक्षा केन्द्रहरूमा पनि जाड़ोबाट जोगाउनलाई साथै जाड़ोमा पनि परीक्षा लेख्नलाई सबै परीक्षा केन्द्रहरूमा हिटर जड़ान गरिएको सोनादा सेन्टरको सचिव दिपेन्द्र मुखियाले जानकारी दिएका छन्।

About Author

Advertisement