कीभ: रुस र युक्रेनबीच विगत १५५ दिनदेखि युद्ध जारी छ। यसैबीच युक्रेन सरकारले रुसको ‘प्रोपगाण्डा’ फैलाएको आरोपमा तीन भारतीयलाई कालोसूचीमा राखेको छ। तीन भारतीय बाहेक रुसलाई समर्थन गर्ने अन्य देशका व्यक्तिलाई पनि कालोसूचीमा राखिएको छ। यो सूची यस महिनाको शुरुमा सेन्टर फर काउन्टरिङ डिसइन्फर्मेसन (सीसीडी) द्वारा प्रकाशित गरिएको थियो। सीसीडी गत वर्ष राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीद्वारा राष्ट्रिय सुरक्षा परिषदको एक विभाजनको रूपमा स्थापित भएको थियो।
फरवरीमा युक्रेनमा रसियाको आक्रमण पछि सीसीडीले लगातार विश्वमा युद्धको कभरेज विश्लेषण गर्ने रिपोर्टहरू प्रकाशित गर्दछ। यस सूचीमा पूर्व भारतीय कूटनीतिज्ञ पीएस राघवनको नाम सहित करिब ७५ जनाको नाम समावेश छ। राघवनले सन् २०१४ देखि २०१६ सम्म रुसमा भारतको राजदूतको रूपमा पनि काम गरेका थिए। सूचीमा उनको समावेश हुनुको कारण उनको भनाइ रहेको बताइएको छ, जसमा उनले ‘रुसविरुद्ध युक्रेन रुसविरुद्ध नेटो जस्तै हो’ भनेका छन्। यस बाहेक पूर्व प्रधानमन्त्री राजीव गान्धी र मनमोहन सिंहका सल्लाहकार रहेका साम पित्रोदाको नाम पनि सूचीमा समावेश छ। साम पित्रोदालाई सूचीमा समावेश गर्नुको कारण उनको बयान हो, जसमा उनले रुसी राष्ट्रपति पुटिनसँग विश्वले सम्झौता गर्नुपर्छ भनेका थिए। मिडिया रिपोर्टका अनुसार जब उनलाई कालोसूचीमा परेको बारे सोधिएको थियो, उनी अचम्ममा परे, उनले यसबारे कुनै जानकारी नभएको बताए।