खरसाङ महाविद्यालयकी छात्रा निशा राउत ‘वको ईण्डिया ओपन इन्टरनेशनल किक् बक्सिङमा टुर्नामेन्ट’मा भाग लिने

IMG-20240201-WA0218.jpg

खरसाङ: खरसाङ महाविद्यालय अन्तर्गत दोस्रो सत्र स्नातकमा प्रवेश गर्दै गरेकी छात्रा निशा राउत ‘पश्चिम बङ्गाल स्पोर्टस, किक् बक्सिङ एसोसिएशनका तर्फबाट छनौट भई ‘वको ईण्डिया ओपन इन्टरनेशनल किक् बक्सिङ टुर्नामेन्ट’ मा अंश ग्रहण गर्न गइरहेकी छन्। यस अवसरमा खरसाङ महाविद्यालय परिवार हर्षबोध गर्दछ भनी प्राचार्य डा समीर बलले बताएका छन्। प्राचार्य बलले बताए अनुसार उक्त प्रतिस्पर्धा आगामी ७ फरवरी २०२४ देखि ११ फरवरी २०२४ सम्ममा केडी. यादव इन्डोर स्पोर्टस स्टेडियम, आइजो कम्प्लेक्स, नयाँ दिल्ली (RD) [Jadhav Indoor Stadium, IG, Sports complex, New Delhi] मा सम्पन्न हुने भएको छ। उक्त प्रतिस्पर्धामा भाग लिनका निम्ति उनलाई आर्थिक अड्चन आइपरेकाले माविद्यालयका तर्फबाट आर्थिक वाधालाई केही हदसम्म पन्छ्याउन सानो सहयोग राशि प्रदान गरेको जानकारी गराएको छ। खेल भावनालाई प्रोत्साहन दिन र अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा अंश ग्रहण गराई उनी जस्ता अन्य विद्यार्थीहरुमा पनि प्रेरणा मिलोस् र उर्जा जागृत होस् भन्ने हेतुले महाविद्यालयले सो राशि प्रदान गरेको हो प्राचार्य डा समीर बलले बताएका छन्। विद्यार्थी निशा राउतप्रति महाविद्यालय परिवारका पक्षबाट हार्दिक शुभकामना एवं अग्रिम बधाई जनाइएको छ। उत्तरोत्तर प्रगतिको कामना पनि गरिएको छ भनी प्राचार्य डा समीर बलले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *