मक्का-मदिनाको पवित्र मस्जिदमा अब निकाह गर्न अनुमति प्रदान

IMG-20240201-WA0229.jpg

पर्यटकहरू र हज यात्रीहरूलाई आकर्षित गर्न साउदी अरेबियाले मक्काको ग्राण्ड मस्जिद र मदिनाको पैगम्बर मस्जिदमा निकाह अर्थात विवाह गर्नका लागि अनुमति दिएको छ। प्रधानमन्त्री र क्राउन प्रिन्स मोहम्मद बिन सलमानको नेतृत्वमा, साउदी अरब आफ्नो रुढीवादी इस्लामी छवि परिवर्तन गर्ने बाटोमा छ। साउदी अरबले तेलको आम्दानीमा आफ्नो निर्भरता घटाउन नयाँ तरिका अपनाइरहेको छ। क्राउन प्रिन्सको नेतृत्वमा साउदी अरेबियाले विश्वको आवश्यकता र भविष्यलाई ध्यानमा राखेर संस्कृति, पर्यटन र फेसनका क्षेत्रमा आफूलाई विकास गरी आफ्नो छुट्टै पहिचान बनाउने प्रयास गरिरहेको छ।संचारमाध्यमका रिपोर्टहरू अनुसार, साउदी अरबको हज र उमराह मन्त्रालयले अब इस्लामका दुई पवित्र स्थलहरू मक्काको ग्राण्ड मस्जिद र मदिनाको पैगम्बरको मस्जिदमा निकाह गर्न सकिने घोषणा गरेको छ। साउदी अखबार अल वतनलाई उद्धृत गर्दै गल्फ न्यूजले साउदी अरेबियाको यो कदम हज यात्रीहरू र पर्यटकहरूको अनुभवलाई थप सुधार गर्ने पहलको हिस्सा भएको लेखेको छ। सरकारको यो पहलले निकाहसँग सम्बन्धित कम्पनीहरुलाई यस क्षेत्रमा थप अवसर दिने सरकारी पर्यवेक्षकहरुको भनाइ छ।साउदी मजुन अर्थात् विवाह अधिकारी मुसैद अल-जबरीले पैगम्बर मस्जिदमा निकाह गर्ने अनुमतिको बारेमा बोल्दै पैगम्बर मुहम्मदको मस्जिद पहिले नै निकाह सञ्चालनका लागि परिचित रहेको बताए। सरकारको यो कदमबाट सरकारले पहिलेदेखि नै चलिरहेको अभ्यासलाई नियमन गर्न चाहेको देखिन्छ। किनभने पैगम्बरको मस्जिदमा निकाह गर्ने स्थानीय मानिसहरूमा पहिले देखि नै सामान्य छ। निकाहमा अधिकांश आफन्तलाई निम्तो दिने चलन रहेको उनले बताए। तर प्रायः श्रीमतीको परिवारले सबैलाई निम्तो दिन सक्दैन। यस्तो अवस्थामा, विवाह पैगम्बर मस्जिद वा कुबा मस्जिद (इस्लाममा निर्मित पहिलो मस्जिद) मा गरिन्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *