सिक्किम ग्लामर ब्युटी प्रतियाेगिता उप विजेता चुनभट्टी निवासी स्वेता विश्वकर्मलाई सम्मान

IMG-20240201-WA0217.jpg

खरसाङ: सिक्किम ग्लामर ब्युटी प्रतियाेगिता उप विजेता बनेकी तीनधारेको चुनभट्टी निवासी स्वेता विश्वकर्मलाई सम्मान जनाइएको छ। चुनभट्टी निवासी पिता सुकमान शंकर र माता सुजता गजमेरकी सुपुत्री स्वेता विश्वकर्मलाई चुनभट्टीमा एक कार्यक्रम आयोजना गरी स्थानीय गाउँवासी एंव समाजद्वारा सम्मान जनाइएको छ। चुनभट्टीमा सम्पन्न उक्त सम्मान कार्यक्रमको अध्यक्षता संगीतकार रुपेस रसाईली उपस्थित थिए भने प्रमुख अतिथिको रूपमा गीतकार एंव तीनधारे चियाबारीको सह प्रबन्धक सुकुमार बराईली उपस्थित रहेका थिए। त्यसरी नै विशिष्ट अतिथिको रूपमा कुमार थापा र देवजीत मोदत उपस्थित रहेका थिए। कार्यक्रममा सिक्किम ग्लामर ब्युटी प्रतियाेगितामा उप विजेता बनेकी तीनधारेको चुनभट्टी निवासी स्वेता विश्वकर्मलाई सबैले खदार्पण गरी सम्मान जनाइएको छ। श्वेता विश्वकर्मले प्राथमिक शिक्षा मेरी गाेल्ड स्कूल चुनभट्टी अनि माध्यमिक तहको शिक्षा मिठाईडाँड़ा रेणुका कन्या उच्च विद्यालय तीनधारे अध्ययन गरेकी थिइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *