खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रिय समितिका अध्यक्ष तथा खरसाङ पञ्चायतका सभाधिपती अनु प्रधान तथा केन्द्रिय समिति सदस्य अनि टाउन कमिटीका प्रभारी समीरदीप ब्लोनकोे अगुवाईमा खरसाङ टाउन कमिटी प्यारेन्ट्स बडी, नारी शक्ति तथा युवा शक्तिका नेतृत्व सदस्य लिएर गत २०१९ कोे सेप्टेम्बरमा महिनामा स्थान्तरण भएर आएका थाना प्रभारी नोबेन्दु सरकारले लगभग साढे चार वर्षसम्म कानून व्यवस्थालाई सौहार्दपूर्ण रूपले बनाई राखेर पुनः खरसाङबाट स्थान्तरण भएकोमा विदाई दिन बिहीवार पार्टी कार्यकर्ताहरूले भेटघाट गरे। यस अवसरमा उनलाई सबैले खदा लगाएर सम्मान जनाए भने तिनकोे कार्यकाे प्रसंशा तथा सराहना गर्दै विदाई दिए। यस अवसरमा केन्द्रिय समिति नारी शक्ति सदस्या जैतून निशा, टाउन कमिटी प्यारेन्ट्स बडीका कार्यवाहक सचिव बीरबल पाखरीन, सांगठनिक सचिव रञ्जन गजमेर, कोषाध्यक्ष राजेन प्रधान, टाउन कमिटी नारी शक्तिका उपाध्यक्ष निर्मला बराईली, मूल सचिव दीपा छेत्री, टाउन कमिटी युवा शक्तिका उपाध्यक्ष सागर थापा,मूल सचिव बन्धन लामा, सह सचिव दिपेन राई, कार्यकारिणी सदस्य विमल थापा, सनी तामाङ्ग, प्रणय तामाङ्ग अनि कल्याण मोक्तान उपस्थित थिए भनी प्रचार प्रसार सचिव सञ्जय राउतले जानकारी दिएका छन्।