पहिलो भीमसेन च्यालेञ्च ट्रफी फुटबल टुर्नामेन्ट: गोर्खा बोइस र गैरीबास बिजयी

IMG-20240201-WA0209.jpg

खरसाङ: खरसाङको डब्ल्युबीएनभीएफ खेल मैदानमा भईरहेको पहिलो भीमसेन च्यालेञ्च ट्रफी फुटबल टुर्नामेन्ट अन्तर्गत आज भएको खेलमा गोर्खा बोइस र गैरीबास बिजयी भएको छ। बिहीबार भएको पहिलो खेल गोर्खा बोइस र चामलिङ ७ माझ सम्पन्न भएको छ। यस खेलमा गोर्खा बोइसले चामलिङ ७ लाई २-१ को अन्तरले पराजित गरेको छ। त्यसरी नै दोस्रो खेल गैरीवास र घैयाबारीमाझ सम्पन्न भएको छ। यस खेलमा गैरीवासले घैयाबारीलाई ४-१ को अन्तरले पराजित गरेको छ। यस खेलमा काठमाण्डौंबाट नेवार संगठनका अतिथिहरू उपस्थित रहेका थिए। यस क्रममा विभिन्न पुरस्कारहरू प्रापक एंव नेवार भाषा र संस्कृतिको लागि कार्य गर्ने शोभा महर्जन साथै मोनिका महर्जन र तिरा महर्जन विशेष रुपमा उपस्थित रहेका थिए।

यस खेल अवधि अतिथिहरूले नेवार भाषामा सम्बोधन राखेका थिए। यसको साथै पश्चिम बंगाल नेवार विकास बोर्डके चेयरम्यान सुनिल प्रधान पनि उपस्थित रहेका थिए। आजको खेल विषयमा कुराकानी गर्दै चिराग तिवारीले विस्तृत रूपमा बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *