मालदामा बेपत्ता नाबालिकाको घाँटी काटेको शव उद्धार

Screenshot_20240201_191138_WhatsApp.jpg

मालदा। पश्चिम बङ्गालको मालदामा बेपत्ता परेकी एउटी नाबालिका छात्राको घाँटी काटिएको शव फेला परेको घटनाले सनसनी मच्चिएको छ।
मालदा इङ्गलिसबजारको आम बजार क्षेत्रबाट शव फेला परेको बताइएको छ। मुख्यमन्त्रीको मालदा भ्रमणको २४ घन्टाअघि सोमबार इङ्गलिसबजारको उत्तरी बालुचर इलाकाबाट कक्षा ५ मा अध्ययनरत त्यस नाबालिका छात्रा रहस्यमय रूपमा बेपत्ता भएकी थिइन्। पुलिसले सीसीटीभी फुटेज हेरेर अनुसन्धान थालेको छ भने घटनाको अनुसन्धानका क्रममा मंगलाबार दिउँसो सोनु केशरी नाम गरेका युवकलाई पक्राउ गरेको थियो। सोधपुछको क्रममा आरोपीले पुलिसलाई बताएको आधारमा बुधवार राति मालदा सहरबाट अलि पर रहेको आम बजार क्षेत्रबाट नाबालिकाको शव फेला परेको थियो। नाबालिकाको काटिएको टाउको गर्दनबाट करिब ५० मिटर टाढा फेला परेको थियो। यो घटनापछि उत्तर बालुचर क्षेत्रका बासिन्दाहरुले आक्रोशित हुँदै बिहीबार बिहान अभियुक्तको घरमा तोडफोड गरेको थियो भने अभियुक्तको घरमा आगो झोसेको थियो। स्थानीयवासीले आरोपित युवकलाई फाँसी दिनुपर्ने माग गरेका छन्। तर, उक्त युवकले नाबालिकालाई किन अपहरण गर्‍यो वा किन घाँटी काटेर निर्ममतापूर्वक हत्या गर्‍यो, परिवारका सदस्य र स्थानीयले अझै केही बुझ्न नसकेको बताइएको छ। मृतक नाबालिका विद्यार्थीको शव पोस्टमार्टमका लागि मालदा मेडिकल कलेज अस्पतालमा पठाइएको छ भने यसैबीच क्षेत्रमा निकै तनाउ देखिएको छ। उक्त क्षेत्रमा तनाउ बढेपछि ठूलो संख्यामा पुलिसबल घटनास्थलमा तैनात गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *