आफ्नो नोकरी जोगाउन एमजेएन मेडिकल कलेज तथा अस्पतालका सरसफाई कर्मचारीले शुरु गरे आन्दोलन

IMG-20240201-WA0190.jpg

कोचबिहार। ठेकादार परिवर्तनको कारण कोचबिहार एमजेएन मेडिकल कलेज र अस्पतालमा कार्यरत सफाई कर्मचारीहरूले आफ्नो जागिर गुमाउन लागेका छन्। करिब १७ वर्षदेखि काम गर्दै आए पनि ठेकादार परिवर्तनका कारण सफाइ कर्मचारीहरुको जागिर गुम्ने अवस्थामा पुगेको छ। त्यसैले कामलाई निरन्तरता दिनुपर्ने र नयाँ ठेकादारसँग वार्ता गर्न माग गर्दै सरसफाइ कर्मचारीहरुले मेडिकल कलेज अगाडी हडतालमा शुरु गरेका छन्। सरसफाइकर्मीका तर्फबाट विकास बाँसफोरले यस अस्पतालको लन्ड्री सेक्सनमा पूरै जिल्ला मिलाएर करिब ३० जना कार्यरत रहेको तर अहिले अस्पताल प्रशासनले उनीहरुलाई हटाएर एजेन्सीलाई जिम्मेवारी दिएकोले एजेन्सीले सबै कपडा सिलगढी लैजाने र सफा गरेर फिर्ता पठाउने सुनिएकोले सफाइ कर्मचारीहरु विक्षुब्ध बनेको जनाएका छन्। ३० जना कामदारको भविष्य खतरामा परेको छ भने कम्पनीसँग कुरा गरेर सबैलाई नोकरीमा राख्नुपर्ने माग गर्दै यो आन्दोलनमा शुरु गरिएको बताइएको छ।

About Author

Advertisement