प्रवासी पंक्षी एवं जनावरहरूसितै तीन पक्राउ

65bb10f35d468-mizoram-013306251-16x9.jpeg

आइजोल: भारत-म्यान्मार सीमामा अवस्थित मिजोरमको चम्फाई जिल्लामा ४९ वटा विदेशी जनावर अनि पंक्षीहरूलाई तस्करहरूको कब्जाबाट मुक्त गराइएको छ। मिजोरम पुलिसद्वारा आज दिइएको जानकारी अनुसार चम्फाई वन विभाग औ असम राइफल्स सहित मिजोरम पुलिसको एक संयुक्त अभियानमा विदेशी जनावर तथा पंक्षीहरूलाई जफत गरेर बचाइएको छ।

बचाइएका जनावरहरूमा दशवटा सोलोमन ककाटू, दुईवटा पस्क सुगा, नौवटा कछुवा, दशवटा सर्प, सोह्रवटा छेपारा, मार्मोसेट तथा दुईवटा बाँदर सामेल छन्। यी प्रवासी पशु-पंक्षीहरूको मूल्य अनुमानित ६८.४० लाख रुपियाँ रहेको छ। विदेशी जनावर अनि पंक्षीहरूलाई फलामको पिञ्जरा अनि प्लास्टिकको टोकरीमा लुकाएर भारत-म्यान्मार सीमाबाट आइजोल तर्फ ल्याइँदैथ्यो।

समातिएका तस्करहरूलाई अघिल्लो कानूनी कारबाहीको लागि चम्फाई वन विभागलाई सुम्पिइएको छ जसको पहिचान वाचोनिया एवं तुइपाङ्ग (सियाहा जिल्ला), वनलालथलाना जेमाबाक (आइजोल) -को रूपमा गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *