झारखण्डमा आज पनि बनिएको छैन सरकार

65b7857f3572e-20240129-290116577-16x9.jpg

झारखण्ड: झारखण्डमा राजनीतिक संकटको बीचमा, राज्यपालले विधायक दलका नेता चम्पाई सोरेनलाई बिहीबार (१ फरवरी) साँझ साढे पाँच बजे राजभवनमा बोलाए, जबकि चम्पाईले भेट्न ३ बजेको लागि अनुरोध गरेका थिए। यसैबीच, प्रवर्तन निदेशालय (ईडी)को टोली हेमन्त सोरेनको साथ दिउँसो साढे दुई बजे अदालतमा पुग्यो, जहाँ सोरेनको १० दिनको म्याद माग्यो।
यसअघि हेमन्त सोरेनको पक्राउअघिको भिडियो सार्वजनिक भएको थियो। यस भिडियोमा उनले भनेका छन्, ‘मसँग सम्बन्धित नभएको विषयमा मलाई पक्राउ गर्ने निर्णय भएको थियो, नक्कली उजुरीका आधारमा नक्कली कागज बनाएर पक्राउ भइरहेको छु, आज होइन भोलि सत्यको जित हुनेछl’ झारखण्डका पूर्वमुख्यमन्त्री हेमन्त सोरेनले ईडीले पक्राउ गरेको विरुद्ध सर्वोच्च अदालतमा याचिका दायर गरेका छन्। यसमाथिको बहसपछि सर्वोच्च अदालतले अब शुक्रबार (२ फरवरी) मा उनको निवेदनको सुनुवाइ गर्नेछ। हेमन्त सोरेनलाई हाल होटवार कारागार पठाइएको छ, उनलाई त्यहाँको माथिल्लो डिभिजन कक्षमा राखिनेछ।
यसैबीच कांग्रेसले चम्पाई सोरेनको शपथ ग्रहण कार्यक्रममा ढिलाइ भएको आरोप लगाएको छ। कांग्रेस पार्टीको झारखण्ड प्रभारी अहमद मिरले भने, ‘समर्थन पत्र पाए पनि राज्यपालले चम्पाई सोरेनको शपथ ग्रहण समारोहमा ढिलाइ गरिरहेको कारण कांग्रेस विधायकहरूलाई सुरक्षित स्थानमा लगिएको छl’ उल्लेखनीय छ, चम्पाई सोरेनले ३१ जनवरी (बिहीबार)मा झारखण्डमा सरकार गठनका लागि राजभवनबाट निमन्त्रणाको प्रतीक्षामा रहेको बताएका थिए। उनले आफ्नो पार्टीले ४७ विधायकको समर्थनको दस्तावेज पेश गरेको बताए। उनले भने, ‘हामीले हिजो राज्यपाललाई ४३ जना विधायकको समर्थन पत्र बुझाएका थियौं। अहिले हामीसँग ४७ जना विधायकको समर्थन छल’
राँचीको सर्किट हाउसमा अहिलेसम्म ४३ जना विधायक छन्। पाँच जना विधायक राँचीमा बस्न सक्छन्। यी हुन् गठबन्धनमा परेका विभिन्न दलका पाँच प्रतिनिधिले हिजो राज्यपाललाई भेटेका हुन्। सरकार गठनको निमन्त्रणा आएमा उनीहरु तुरुन्त राजभवन जान सक्नेछन्। यसमा जेएमएमका चम्पाई सोरेन, कांग्रेस नेता आलमगीर आलम, आरजेडीका सत्यानन्द भोक्ता, जेभीएमका प्रदीप यादव र सीपीअईएमएलका विनोद सिंह समावेश छन्। झारखण्डमा राजनीतिक संकटका बीच भाजपा पनि सक्रिय भएको छ र विधायक दलको बैठक बोलाएको छ यो बैठक भोलि दिउँसो एक बजे बस्नेछ। झारखण्डको राजनीतिक उथलपुथलबीच भाजपा सांसद निशिकान्त दुबेले ठूलो दाबी गरेका छन्। निशिकान्त दुबेले भने, ‘राँची सर्किट हाउसमा हैदरावाद जाने जम्मा ३५ जना विधायक छन्l’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *