काेचबिहार: अवैध रूपमा सीमा पार गर्ने प्रयास गरेको आरोपमा काेचबिहारकाे भारत-बङ्गलादेश सीमामा तैनाथ उत्तर बंगाल फ्रण्टियरको जलपाईगुड़ी सेक्टर अन्तर्गत ६औं बटालियन सीमा सुरक्षा बल (बीएसएफ)- को बोर्डर आउट पोस्ट करणमा सर्तक सीमा जवानहरूले एक बङ्गलादेशी नागरिकलाई पक्राउ गरेका छन्।
पक्राउ गरिएका बङ्गलादेशी नागरिकको नाम मोहम्मद साहिन सोदेश (३५) रहेको छ। बीएसएफले बिहीवार एक प्रेस विज्ञप्ति मार्फत उक्त आशयको जानकारी गरायो।
प्राप्त जानकारी अनुसार मोहम्मद साहिनलाई भारतबाट बङ्गलादेशमा अवैध रूपमा सीमा तर्ने प्रयास गरिरहेको बेला पक्राउ गरिएको हो। उ तमिलनाडुबाट फर्केको हो र आफ्नो घर बङ्गलादेश जान चाहन्छ भनि मोहम्मद साहिनले बीएसएफ पार्टीलाई बतायो। पक्राउ गरिएको बङ्गलादेशी नागरिकलाई अग्रिम कारबाहीको लागि कुचलीबारी थानामा सुम्पिइको छ।